
सुर्खेत २५ चैत । सिम्ता गाउँपालिका सुर्खेतका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमालले केहि दिन पहिला लकडाउन नमान्ने, बाहिरबाट आएका र क्वारेन्टाईनमा बस्न नमान्नेहरुलाई सरकारले गोली खर्च गर्नु पर्छ भनेर आफ्नो फेसबुकमा एक स्टाटस पोष्ट गरेका थिए ।
उनले उक्त स्टाटस अहिले विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्नका लागी सबै सचेत रहनु पर्छ भन्ने लक्ष्यका साथ स्टाटस पोष्ट गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत हमालकाे स्टाटस यस्ताे थियाे
तर स्टाटस पोष्ट गर्दा केहि घुमाउरो शव्दमा गोली खर्च गर्नु पर्छ भनेर उनले लेखेका थिए । तर उक्त गोली बन्दुकको नभई औषधीको गोलि बुझिदिन हमालले आग्रह गरेका छन् । नेपालदर्शन संग कुराकानी गर्दै उनले आफ्नो चरित्र हत्या गर्नका लागी केहि संचार माध्यमले समाचार पोष्ट गरको भन्दै आपती जनाए ।
कतिपय शब्दहरु एक शब्दले अनेकौ अर्थ लाग्ने हुदा सकारात्मक रुपमा सोचिदिन पनी हमालले आग्रह पनि गरेका छन् ।
उनले भने, मेरो फेसबुक स्टाटसमा मैले कसैप्रती गलत नियतले नभै जसरी हुन्छ देश विदेशमा रहेका सबैलाई विश्वब्यापी रुपमा कोरानाले आक्रान्त पारेको परिवेशमा सबै एक जुट भै सरकारको आदेश को पालन भन्ने होे । तर यहाँ केहि पत्रकारको बुझाईमा गलत पर्न गयो ।
तपाईहरुको बुझाइ अलि फरक भएको त्यसबाट पर्न गएको असर प्रती म क्षमायाचन गर्न चहान्छु उनले भने ।
हमालले क्षमायाचना गर्दै फेरी लेखेकाे स्टाटस यस्ताे छ।
फेरि पनि मेरो मनाशय भनेको सरकारले लकडाउन लाई प्रभावकारी र कडाईका साथ कार्यन्वयन गरोस भन्ने नै हो ।
आफ्नो मनासाय सबै नेपालीहरु जो जहाँ भय पनि आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने रहको हमालले स्पष्ट पारे ।




दर्शन खबर । २५ चैत्र २०७६, मंगलवार