वीरेन्द्रनगर वडा नम्वर ५ का ४ सय १८ परिवारले खाद्यान्न पाए

सुर्खेत, २३ चैत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ ले वडाका ४ सय १८ घर धुरीलार्ई खाद्यान्न वितरण गरेको छ ।
लकडाउनको अबधिमा बिहान बेलुका छाक टार्न मुस्किल हुने घरपरिवारलाई खाध्यन्न सामाग्रि वितरण गरिएको हो ।
सम्बन्धित टोलविकास संस्थाको सिफारिस तथा वडा बिपद् ब्यबस्थापन समितिको निर्णयको आधारमा परिवार संख्या एकिन गरि गृहमन्त्रालयको मापदण्ड तथा नगरपालिकाको परिपत्र अनुसार विरण गरिएको वडा सचिव दिनेश सापकोटाले जानकारी दिए । जस मध्य फुल प्याकेज १ सय ३३ र आधा प्याकेज २ सय ८५ घर परिवारलाई वितरण गरिएको हो ।
वडा भित्र कोठाभाडामा बस्ने लगाएतले पनी कारणवस राहात लिन छुटेकाले वडा कार्यालयमा सम्पर्क सक्ने पनी सापकोटाले जानकारी दिए । फुल प्याकेज अन्तरगत प्रत्येक घर परिवारलाई ३० केजी चामल, १ केजी दमल, १ केजी नुन, अाधा लिटर तेल  र अाधा प्याकेज अन्तरगत १५ केजि चामल, १ केजी दाल , १ केजी नुन, अाधा  लिटर तेल  वितरण गरिएको हो । ४ सय ९३ घर परिवारलाई राहात वितरण गर्ने योजना रहेता पनी केहि घरपरिवारको कागजपत्र नमिलेका कारण वितरण नगरिएको र उनीहरुलाई प्रदेशमा सिफारिस गरिने वडा सचिव सापकोटाले जानकारी दिए ।
वडा अध्यक्ष राज बहादुर गुरूङले ज्याला मजदुरी गरेर छाक टार्ने सबैले मापदण्ड अनुसार राहत पाउने हुदा सहि विवरण दिएर सहयोग गर्न अनुरोध गरे ।


तपाईको प्रतिक्रिया