सुर्खेत, २२ चैत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ ले वडाका ४ सय ९३ घर धुरीलार्ई खाद्यान्न वितरण गरेको छ ।
लकडाउनको अबधिमा बिहान बेलुका छाक टार्न मुस्किल हुने घरपरिवारलाई खाध्यन्न सामाग्रि वितरण गरिएको हो ।
सम्बन्धित टोलबिकास संस्थाको सिफारिस तथा वडा बिपद् ब्यबस्थापन समितिको निर्णयको आधारमा परिवार संख्या एकिन गरि गृहमन्त्रालयको मापदण्ड तथा नगरपालिकाको परिपत्र अनुसार विरण गरिएको वडा सचिव दिनेश सापकोटाले जानकारी दिए । वडा भित्र कोठाभाडामा बस्ने लगाएतले पनी कारणवस राहात लिन छुटेकाले वडा कार्यालयमा सम्पर्क सक्ने पनी सापकोटाले जानकारी दिए । प्रत्यक घर परिवारलाई ३० केजी चामल, १ केजी दमल, १ केजी नुन, २ लिटर तेल वितरण गरिएको हो । त्यस्तै २ सय ७४ परिवारमा १५ केजी चामल पनी वितरण गरिएको छ । वडा अध्यक्ष राज बहादुर गुरूङले ज्याला मजदुरी गरेर छाक टार्ने सब्बैले मापदण्ड अनुसार राहत पाउने हुदा सहि विवरण दिएर सहयोग गर्न अनुरोध गरे ।




दर्शन खबर । २२ चैत्र २०७६, शनिबार