सुर्खेत, २३ चैत । कोरोना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् कोषमा मेगा बैंक सुर्खेतले सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक नेपाल लिमिटेड शाखा वीरेन्द्रनगरका प्रबन्धक विक्रम थापाले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पाँच लाखको हस्तान्तरण गरेका छन् ।
मेगा बैंक नेपाल लिमिटेड सञ्चालक समितिले भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो । साथै सात वटै प्रदेशले स्थापना गरेको कोषमा पाँच पाँच लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने समितिले निर्णय गरेको थियो ।
केही प्रदेशहरुमा सहयोग रकम हस्तान्तरण गरिसकेको र बाँकी प्रदेशहरुमा पनि क्रमशः रकम हस्तान्तरण गरिने मेगा बैंकले जनाएको छ । मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनुपमा खुञ्जेलीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गरेको यो सहयोगमा सञ्चालक समितीका सदस्यहरु सहित बैंकका कार्यरत १ हजार २ सयभन्दा बढी कर्मचारीहरुको समेत व्यक्तिगत योगदान गरेका छन् ।



दर्शन खबर । २३ चैत्र २०७६, आईतवार