
सुर्खेत, २१ चैत । सुर्खेती सिभिल कमाण्डर टिकाराम ढकालले जन्मदिनको अवशरमा सुर्खेतमा रहेको मानव सेवा आश्रममालाई सहयोग गरेका छन् ।
विरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जन्मदिनको अवसर पारी मानव सेवा आश्रममा आश्रति ब्यक्तिहरुको लकडाउनको समयमा जीवनयापन थप सहज बनाउनका लागि जिन्सी सामग्री सहयोग गरेका हुन् ।
उनले आलु १ बोरा , झाडु १० वटा , कुचो १०वटा ,हार्पिक १० बोतल , बिस्कुट १ पेटी, चक्लेट २ पोका ,मच्छेड धुप ४ दर्जन, फुरन दाना १ बोरा, डाइपर २ पाकेट र सरफ गरि ८ हजार ५ सय बराबरको सामाग्री सहयोग गरेका हुन् । तेस्तै ढकालले प्रशान्ति बृद्धा आश्रममा सुर्खेतमा समेत नगद ५ हजार प्रदान गरेका हुन् ।
सुर्खेतकै चौकुने गाउँपालिकामा २०४१ सालमा जन्मिएका ढकाल अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । कलिलै उमेरमा निजामती सेवामा सफलता हासिल गरेका ढकालले परोपकारी कर्मपनि मानविय दायित्व भएको भन्दै आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई आवश्यक सहयोग गरेको बताए ।




दर्शन खबर । २१ चैत्र २०७६, शुक्रबार