
सुर्खेत, २० चैत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा लेकवेशी नपा ९, सुर्खेत कमिटिले वडामा सेनिटाईजर, माक्स र पञ्जा वितरण गरेको छ । वडा कमिटिका अध्यक्ष राजु पौडेलका अनुसार वडाका विभिन्न स्थानमा युवाहरुकै लगानीमा सेनिटाइजर २ सय ५०, मेडिकल मास्क २ सय र २ सय ग्लोब्स जोर वितरण गरिएको हो । विहीबार नगर अध्यक्ष टिकाराम सोमै, नगर कमिटि सदस्य हरि प्रसाद अधिकारी र मानबहादुर खड्लुक, वडा कमिटि सचिव हरिप्रसाद चालीसे, निजामति कर्मचारी संगठन लेकबेशी नपा अध्यक्ष डिलाराम चपाईको सहभागितामा वितरण गरिएको हो ।




दर्शन खबर । २० चैत्र २०७६, बिहीबार