सिम्तामा १५ हजार लिटर किटनासक औषधी छरियो

सुर्खेत, २१ चैत । सिम्ता गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि किटनासक औषधी छरेको छ । सिम्ताको राकम पुलवजार,जामुनेवजार,चौर ज्यामिर
चौर, गोजिबजार, लुकुई,औल झ्याम गजौडा, वालि खोला, काली खोला, तारकुला, बाँखर्क, छेडावजार, आलि लगाएत दमकलको पहुँचमा रहेका स्थानमा गरि १५ हजार लिटर कोलोरिन पाउडर (चाइरस) किटनासक औसधि छरेको हो । गाउँपालिकाको आर्थिक सहयोग र गाउँ स्वास्थ्य शाखाको आयोजनामा सिम्ताका विभिन्न क्षेत्रमा उक्त किटनासक औसधि छरिएको हो । फोहमैला तथा विभिन्न खाले किटाणु भाइरस नियन्त्रण तथा उन्मुलमा यसले सहयोग गर्ने गाउँ स्वास्थ शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिए । कोरोना रोकथाम तथा पुर्व सतर्कताको लागि सिम्ताले चरण चरणमा योजनावद्व रुपमा काम गरेको छ ।
त्यसै गरि गाउँपालिकाले ५० शैयाको क्वारेन्टाइन समेत व्यवस्थापन गरिसकेको छ । अन्य वडा वडामा छुट्टै विपद व्यवस्थापन समितिले पनि घरमै पुगेर जनचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए छ । अहिलेसम्म गाउँपालिकामा कुनै संकास्पद विरामि नभेटिएको उनले बताए ।


तपाईको प्रतिक्रिया