
सुर्खेत, २० चैत । भारतमा मजदुरी गर्न गएका लेकवेशीका नागरिकलाई खाद्यान्न अभाव हुन थालेको छ । विश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरसका कारण भारत सरकारले लकडाउन गरे पछी मजदुरी गर्नका लागी भारत गएका नेपालीलाई खाध्यान्न समस्या हुन थालेको हो । सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्वर ५ नेटा घर भएका २२ जना र वडा नम्वर १ र २ लेखफर्सा घर भएका २३ जना गरि ४५ जना नेपालीहरुलाई खाद्यान्न अभाव भएको मजदुरीका लागी गएका चित्र बहादुर दर्लामीले बताए । उनिहरु अहिले उत्तराखण्ड प्रदेशको, उत्तरकासि जिल्लाको बरकोट मोल्डा गाउँमा रहेका छन् । केहि दिन अगाडी त्यहाँको सरकारले १ ब्याग चामल दिएको र उक्त चामल पनी अहिले सकिएको दर्लामीले बताए । यता यस विषयमा लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनारले भारत गएका मजदुरलाई खाद्यान्न अभाव हुनु दुखको कुरा भएको भन्दै, आफुले सक्दो पहल गर्ने बताए । भारतमा मार्च १४ मा लकडाउन खुल्नेछ ।



दर्शन खबर । २० चैत्र २०७६, बिहीबार