सहकारी संस्थामा विपन्न नागरिकको पहुँच पुगेन मन्त्री केसी

सुर्खेत । भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारी संस्थाहरुमा अझै पनि विपन्न नागरिहरुको पहुच नपुगेको बताएकी छन् ।
सहकारी क्षेत्रको प्रर्वद्धनमा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीलाई शुक्रवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले सहकारी संस्थाहरुले विपन्न नागरिकलाई वित्तीय सेवा उपलब्ध गराउनु पर्ने बताएकी हुन ।
मन्त्री केसीले सहकारी क्षेत्रमा रहेका विकृति–विसङ्गति अन्त्य गर्न प्रदेश सरकारले प्रादेशिक सहकारी ऐन ल्याएको जानकारी दिईन् । सहकारी संस्थाहरुमा अझैं पनि विपन्न नागरिकको पहुँच पुग्न नसकेको बताईन् ।
कर्णाली सरकारले सहकारीमैत्री बजेट ल्याएको भन्दै उनले चालू आवमा सहकारी क्षेत्रले सञ्चालन गर्ने कार्यक्रममा ७० प्रतिशत अनुदान उपलब्ध गराएको बताईन ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवको ८० प्रतिशत बजेट सहकारीमैत्री बनाएको उनको भनाई थियो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री केसीले सरकारले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि नीति बनाउने र त्यसकै आधारमा बजेट तथा कार्यक्रम निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।
‘किसानहरुको सुझावले गरिब खोज्दै जाने नीति निर्माण हुने हाम्रो अपेक्षामा छ, सहज रुपमा किसानले प्राप्त गर्न सक्ने अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्नेछ,उनको भनाई रहेको थियो ।
साथै उहाँले कर्णालीको स्थानीय उत्पादनका बारेमा जानकारी लिन सूचना केन्द्रको विकास गर्नुपर्नेमा जोड दिईन । ८७ प्रतिशत किसान भएको प्रदेशले स्थानीय उत्पादनमा वृद्धि गरि आयस्तर बढाउनुपर्ने उनले बताईन् । मन्त्री केसीले कर्मचारी समायोजनको असरले कर्णालीको बजेट कार्यान्वयनमा कठिनाई भोग्नुपरेको बताईन् ।

तपाईको प्रतिक्रिया