केपिएलको उपाधिका लागि विभागीय टोली आर्मी र न्यू होराईजन बुटवल भिड्दै

सुर्खेत ।
सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलको उपाधिकालागि विभागीय टोली आर्मी र न्यू होराईजन बुटवल भिड्ने भएका छन ।
दोस्रो सेमिफाईलमा आर्मीले अर्को विभागीय टोली एपीएफमाथि एक विकेटको जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो ।
८७ रनको सामान्य लक्ष्यमा आर्मीले १७ दशमलव ओभरमा ४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो ।
खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका हुन ।
कामीले २२ बलमा ३१ रनको आक्रमण पारी खेल्दा मुखियाले १२ र रोहित कुमार पौडेलले पनि १२ रन जोडे ।
एपीएफकालागि कमलसिंह ऐरी र यज्ञमान पुलामी समान दुई दुई विकेट लिए ।
समूह चरणमा अपराजित रहेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको हो ।
एपिएफकालागि सर्वाधिक ३० रन बनाउनु शरद भेषवाकरले ३० र १९ रन जोड्नु भएका भुवन कार्की सहित तीन जना खेलाडि रन आउट भएका हुन ।

आजै भएको पहिलो सेमिफाईनलमा न्यू होईजनले आयोजक कर्णाली एघारलाई तीन विकेटले हराउँदै फाईनलमा प्रवेस गरेको हो ।
वर्षा र हावाहुरीको कारण १३ ओभरमा छोट्याइएको खेलमा ६३ रनको समान्य लक्ष्य न्यू होराइजनले ११दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
न्यू होराइजनका सुबेन्दु पाण्डेले १८ तथा निश्चल चौधरीले १०, बिशाल सुनारले पनि अविजित १० रन बनाए ।
कर्णाली एघारका किशोर महतोले ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिएपनि जित दिलाउन सकेनन् ।
टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली एघारले कृष्ण कार्कीको सर्वाधिक ३३ रनसंगै ४ विकेट गुमाएर ६२ को योगफल तयार गरेको हो ।
१७ रनमा ३ विकेट कर्णालीकालागि कार्कीले आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
न्यू होराइजनका कप्तान शक्ति गौचनले तीन ओभरमा एक मेडन सहित मात्र ६ रन दिएर २ विकेट लिए ।
समूह चरणमा अपराजित रहदै राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराएको घरेलु टोली यो हारसंगै सेमीफाईनल बाटै बाहिरिएको थियो ।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उप–बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले समान २० हजार हात पार्ने जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया