
सुर्खेत ।
सुर्खेतको लेकवेशी नगरपालिकामा नगरपालिका भित्र रहेका सम्पुर्ण सुत्केरी आमाहरुलाई उप–प्रमुख कोशेली वितरण सुरु गरिएको छ ।
पोषणमा सुधार ल्याउने उद्देश्यका साथ पालिकामा उप–प्रमुख कोशेली वितरण गर्न लागिएको पालिकाकी उप–प्रमुख शान्ति कुमारी छन्तेल बताईन् ।
पालिका भर गठन गरिएका १०३ वटा अामा समूहहरु मध्येबाट २ वटा समूहका ३/३ जना सुत्केरी आमालाइ आज लेकवेशी नगरपालिका स्वास्थ्य चौकीबाट उप–प्रमुख छन्तेलले कोशेली वितरण गरि कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गरेकी हुन ।

कोशेली वितरण कार्यक्रम आर्थिक वर्षको साउन महिना देखि सुत्केरी भएका सबै आमाहरूले पाउने, यो कार्यक्रम निरन्तर चलिरहेने, नासो सोरूप सधै वितरण गरि सुत्केरी आमा र बच्चाको पोषणमा सुधार ल्याउने र सम्भव भए घरघरमा गएर कोशेली वितरण गरिने उप–प्रमुख छन्तेलले बताइन।
कोशेली कार्यक्रममा अण्डा, फलफूल र बच्चा तथा आमाको सरसफाइका समानहरू वितरण गरिएको थियो ।
प्रारम्भिक चरणमा उक्त कार्यक्रम सञ्चालनकोलागि आर्थिक वर्ष २०६६/०७७ मा पालिकाबाट रु २ लाख रुपैया बजेट विनियोजन गरिएको उप–प्रमुख छन्तेलले जानकारी दिइन ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष चन्द्र बहादुर सुनार, वडा सदस्यहरु, सुआहारा कार्यक्रमको प्रतिनिधि मिना आचार्य, स्वास्थ्यचौकीका कर्मचारीहरु, महिला स्वास्थ्य तथा स्वंम सेविकाहरु, १००० दिनका आमाहरु, आमा समुहका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


दर्शन खबर । १५ माघ २०७६, बुधबार