तनावग्रस्त वीरेन्द्रनगरको आन्दालेन स्थगित


सुर्खेत ।
मंगलबार विहान वीरेन्द्रनगरमा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका १८ वर्षीय केशर सिंहको टिप्परले किचेर घटना स्थलमै मृत्यु भए लगत्तै सिंहका आफन्तहरुले गरेको आन्दोलनले तीन देखि तनाबग्रस्त बन्दै गएको वीरेन्द्रनगरको आन्दालेन स्थगित भएको छ ।
मृतकका आफन्त, टिप्पर धनी हरि बिसी र प्रशासनबीच तीनै पक्षको छलफल पश्चात पाँच बुदे सहमतिपछि बिहीबारदेखि आन्दोलन स्थगित भएको हो ।
तीनै पक्षको सहमतीमा टिप्पर चालक राजकुमार बोहोरालाई हदैसम्मको कारबाही गर्ने, पीडित पक्षलाई कानूनबमोजिम क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अगाडि बढाउने, आन्दोलनका क्रममा भएका घाइतेहरुलाई प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सम्बन्धित निकायमा उपचारको लागि अनुरोध गर्ने, शवको पोष्टमार्टमपछि आफन्तलाई बुझाउने सहमती पश्चात आन्दोलन स्थगित भएको हो ।

पीडितका मागहरुको सम्बोधन गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन र यातायातका साधन ठप्प पारेका थिए।


तपाईको प्रतिक्रिया