
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले विकास भनेको पुर्वाधार मात्रै नभई उद्यमशिलता र अन्य विकास पनि महत्वपुर्ण हो भन्नेमा समाजको विचार परिवर्तन हुन आवश्यक रहेको बताएकी छन ।
सोमबार वीरेन्द्रनगरमा तन्नेरी चासो सुर्खेतले आयोजना गरेको कर्णाली कचहरी कार्यक्रममा उनले यस्तो बताएकी हुन ।
उप–प्रमुख ढकालले नगरपालिकाले नगर यातायातको बारेमा योजना बनाइरहेको समेत जानकारी दिदै उनले भनिन्, ‘अबको वजेट निर्माणमा हामिले यस्ता आवश्यकतालाई मध्यनजर अवश्य गर्ने छौं ।’
हाल नगरपालिकाले वजेट तथा अनुदानलाई उत्पादनमुखी र सिपमुलक क्षेत्रमा खर्च गरिरहेको उनको भनाई छ । आफुले फिलिपिन्सको विकासको अवधारणा अध्ययन गरेको बताउँदै उपप्रमुख ढकालले सुचना प्रविधिको तालिम आवश्यक रहेको बताइन् । उनले सुचना प्रविधिमा सक्षम भएछि आफै सिप सिक्न इच्छुक हुने र स्वरोजगार हुने बताइन् ।
उनले स्थानीय तहमा वजेट फ्रिज हुने समस्या नभएको बताउँदै नगरपालिको अघिल्लो आर्थिक वर्षमा ९२ प्रतिशत वजेट खर्च भएको बताइन् ।
‘वजेट खर्चका क्षेत्रहरु आर्थिक, सामाजिक, वातावरण, विपद् र संस्थागत सुधारको क्षेत्र सबैमा ध्यान दिनुपर्छ ।’ उनले भनिन्, ‘हामिले पनि ध्यान दिएका छौं । चालु आर्थिक वर्षमा नगरपालिकाले पेश्की वजेट दिइएको छैन ।’


दर्शन खबर । ६ माघ २०७६, सोमबार