आवश्यक्ताको आधारमा नीति निर्माण गर्नु पर्ने


सुर्खेत ।
कर्णाली प्रदेशमा निजी प्राविधिक शिक्षालयहरुमा आवश्यक्ताका आधारमा नीति निर्माण गर्नू पर्नेमा जोड दिएको छ ।
शुक्रबार वीरेन्द्रनगरमा भएको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको प्रादेशीक रणनीतिक तयारी सम्बन्धी भएको छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो जाेड िदएका  हुन ।
कार्यक्रममा सहभागि एवं वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–६ का वडा सदस्य उपेन्द्रबहादुर  खड्काले कर्णालीमा रहेका प्राविधिक शिक्षालयहरुकालागि नीति निर्माण गर्दा केन्द्रमा बसेर गफ मात्रै गर्ने र यस क्षेत्रमा रहेको आवश्यक्तालाईनै नबुझेरै नीति निर्माण गर्दा अन्यथा हुने बताए ।
यस्तै कार्यक्रममा अर्का सहभागि नेपाल घरेलु तथा साना उद्योग महांसघ जिल्ला शाखा सुर्खेतका उपाध्यक्ष धर्मराज लामीछाने ले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटिई) ले सन्चालन गर्ने छोटो अवधीको तालिम लिएका सम्पुर्ण दक्ष प्राविधिक हरु का लागी कर्णाली प्रदेशमा शैक्षिक तथा रोजगार मेला मार्फत कर्णालीमा दक्ष जनशक्तिहरू लाई सीप र क्षमताका आधारमा रोजगारीको श्रृजना गरी स्वरोजगार भई उद्यमशिलताको क्षेत्रमा परिवर्तन गर्न सकिने बताउदै कर्णाली प्रदेशमा संचालन हुने सम्पुर्ण सीप युक्त तालिम एकद्धार प्रणाली बाट संचालन गरी सो को प्रभावकारी रूपमा नियमन गर्न सरोकार वाला निकायको ध्यानाकर्शणा गराए ।

कार्यक्रममा सम्बन्धित सोकारवालाहरुको उस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया