वर्दी देखि थक्लेनी जोड्ने सडकको शिलान्यास


सुर्खेत ।
पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका बडा न ५ र ६ लाई जोड्ने सडक शिलान्यास गरिएको छ । मालारानी वर्दी देखि मेहेलकुना थक्लेनी जोड्ने सडकको सोमबार प्रदेश सभा सदस्य सांन्सद ठम्मरबहादुर बिष्टले शिलान्यास गरेका हुन ।
हालसम्म सडक संजालले नजोडिएको उक्त बिकट बस्तिमा सडक निर्माणको लागि २ करोड रुपैया बजेट बिनियोजन गरिएको सान्सद बिष्टले बताए ।
यसैबिछ सडक शिलान्यास गर्दै सान्सद बिष्टले आफुले निर्वाचनका बेला जनतासङ्ग गरेको बाचा पूरा गरेको बताए ।


तिब्र अनुगमन र सरोकारवाला समिती गठन गरेर सडक निर्माणलाई तिब्रता दिने उनले बताए । हाल सम्म पनि सडक नपुगेको उक्त ठाउमा सडक निर्माण पश्चात् त्यहाँको स्थानीय उतपादनले पनि बजार पाउने उनको विश्वास छ ।


तपाईको प्रतिक्रिया