सुर्खेत,२१ पाैष ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जवसम्म विचौलियाहरुको अन्त्य नभएसम्म नेपालमा समृद्धि सम्भव नहुने बताएका छन ।
सोमबार वीरेन्द्रनगरमा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम तालिम परिषद कर्णाली प्रदेशको आयोजनामा भएको प्राविधिक शिक्षा तथा ब्यावशायिक तालिम परिषद अन्तर्गत सञ्चालित आंङ्गिक साझेदारी र टि.इ.सि.एस. शिक्षालय÷विद्यालयहरुको लागि सिटिइभिटि कार्यक्रम तथा छोटो अवधिको सीपमुलक तालिम सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले यस्तो बताएका हुन ।
मन्त्री रावलले भने, ‘गरिव जनताको एक एक रुपैया तिरेको कर कोही विचौलियाले कुनै स्कुलकोको अथवा शिक्षालयको नाम लिएर बदमसी गरेर लाखौ करोडौ खान हुन्छ ? त्यो सम्भव छैन, त्यसैले अव विचौलियाको अन्त्य नगरेसम्म देशको समृद्धको सपना कल्पना मात्रै हुनेछ ।’
उनले भने, ‘दक्ष जनशक्ति उत्पादनकालागि सिटिइभिटि को रकम अपुग भए सामाजिक विकास मन्त्रालय सहयोग गर्न तयार छ, हामीले गर्ने भनेको नै कर्णलीका युवाहरुलाई कसरी हुन्छ स्वरोजगार बनाउने नै हो, यदी कही कतैबाट विचमा वचौलिया प्रवेश गरेमा मन्त्रालयबाट १ रुपैयापनि भुक्तानी हुने छैन ।’
मन्त्री रावलले चुनावको समयमा नेताहरुले युवाहरुलाई प्रयोग गरि मैले चुनाव जिते भने जागिर खुवाउछु भन्दै झोला बोकाउने र अन्य समयमा वास्ता नगर्नाले देशमा वेरोजगारहरु तथ्याङ्क बढ्दै गएको दावी गरे । उनले भने, ‘चुनावको समयमा मात्रै युवाहरुलाई प्रयोग गर्ने र अन्य समयमा खाडीको भिसा लगाउन बाध्य पार्न भन्दा उनीहरुलाई ब्यावसायीक रुपमा स्वदेशमानै कसरी सक्षम बनाउन सकिन्छ त्यसप्रति सबैले ध्यान दिनु पर्दछ ।’
कार्यक्रमका सभाअध्यक्ष तथा सिटिइभिटि का कर्णाली प्रदेशको निर्देशक हेमन्त पराजुलीले कर्णाली प्रदेशमा रहेका युवाहरुले मध्ये ५ हजार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।



दर्शन खबर । २१ पुष २०७६, सोमबार