
सुर्खेत, २० पौष ।
सिम्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले सिम्ता सरकारको जय होस भन्दै प्रसंसा गरेका छन् । जनता संग सिम्ता गाउँपालिका कार्यक्रम अन्तरगत यहि पौष १७, १८ र १९ गते सिम्ता गाउँपालिका वडा नम्वर ६ मा तिन दिने निशुल्क मोतिविन्दु शल्यक्रीया शिविरमा आँखाको शल्यक्रीया गरेका जेष्ठ नागरिकहरुले यस्तो भनेका हुन ।
सिम्ता गाउँपालिका वडा नम्वर ६ घोरेरीका ईन्द्र बहादुर बुढाले सिम्ता सरकारको जय होस भन्दै सिम्ता सरकार जेष्ठ नागरिकहरुको सरकार भएको बताए । तिन दिन सम्म संचालन भएको शिविरमा ५ सय ५० जनाले आँखा जाँच गेरेका थिए भने १ सय ९ जनाको शल्यक्रीया गरिएको थियो र १ सय ८७ जनालाई चस्मा वितरण गरिएको थियो । शल्यक्रीया भएका मध्य ४८ जना पुरुष र ७१ जना महिला रहेका छन् । गाउँपालिकाले हरेक चौमासिकमा प्रत्यक वडामा विशुल्क स्वस्थ्य शिविर समेत संचालन गर्दै आएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले बताए । निशुल्क आँखा अप्रेसन गरेका विरामिहरुलार्ईे चिसो बाट बच्नको लागि कम्मल समेत वितरण गरिएको थियो ।








दर्शन खबर । २० पुष २०७६, आईतवार