
सुर्खेत, २२ पौष ।
देउती नागरिक यातायात प्राली सुर्खेत र सिम्रीक यातायात प्राली नेपालजञ्ज विच दोहोरो गाडी संचालन गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
मंगलवार वीरेन्द्रनगर सुर्खेतमा दुई पक्षका यातायात ब्यावसायीहरुको बैठक बसि दोहोरो गाडी संचालन गर्ने निर्णय भएको हो ।
बैठकमा सिम्रीक यातायात प्राली नेपागञ्जका अध्यक्ष राजाराम सुवेदी, कार्यकारि प्रमुख टेक बहादुर खड्का, देउती नागरिक यातायात प्रालीका अध्यक्ष कमल खड्का जुनी, विषेश अतिथि राम बहादुर भुषाल लगाएत दुवै यातायात प्रालीका पदाधिकारीहरुको सहभागिता रेहेको थियो ।


दर्शन खबर । २२ पुष २०७६, मंगलवार