
सुर्खेत ।
लेकवेशी नगरपालिका वडा नम्बर ५ नेटामा २०७० सालमा स्थापना भएको श्री समाज उत्थान कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको पाँचौ साधाणसभा सम्पन्न भएको छ ।
शुक्रबार संस्थाले लेकवेशीमा एक कार्यक्रमको आयोजना गरि संस्थाको पाँचौ साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं लेकवेशी नगरपालिका वडानम्बर ५ का वडा अध्यक्ष खड्कबहादुर राष्कोटीले ग्रामीण स्थानमा रहेको सहकारीले सदस्यहरुको आर्थिक बिकासका काम गर्नु सह्रानीय भएको बताउदै आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयबाट सहकारी विकासकालागि ५ लाख रुपैया बजेट विनियोजन गरिएको समेत जानकारी दिए ।
यस्तै कार्यक्रमका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष झिरबहादुर विर्कटाले विपन्नको सहयोगी सहकारी भएको बताउँदै सदस्यको आर्थिक बिकासका लागि लगानी गर्न संस्था तयार रहेको बताए ।
अध्यक्ष बिर्कटाले भने, ‘संस्थामा आइलाग्ने विभिन्न किसीमको बाधा अवरोधहरुका बावजुतपनि सहकारीले उल्लेखनिय प्रगती गर्न सफल भएको हुँदा संस्थाको बिकासका लागि सबै शेयर सदस्यहरुको सहकार्य जरुरी छ ।’
सम्पन्न साधारणसभाको सञ्चालन संस्थाका सचिव होमनाथ पंगालीले गरेका थिए भने सभामा संस्थाको प्रगति विवरण भने संस्थाका ब्यवस्थापक झविलाल तिवारीले सार्वजनिक गरेका थिए ।


दर्शन खबर । १९ पुष २०७६, शनिबार