यौनिकता शिक्षा प्रदानमा सञ्चारकर्मीको भुमिकाकाबारे छलफल

सुर्खेत ।

यौनिकता शिक्षा प्रदान गर्ने कार्यमा सञ्चारकर्मीको भुमिका विषयमा बिहीबार वीरेन्द्रनगरमा छलफल गरिएको छ । नेपाल युवा सस्था सञ्जालको आयोजनमा गरिएको कार्यक्रममा यौन शिक्षाका बारेमा छलफल गरिएको हो । नेपाल समाजमा यौनका कुरालाई अस्वीकार गर्ने, यौन शिक्षाका बारेमा जान्न बुझ्न नचाहाने प्रवृत्ती भएकाले यौन शिक्षा प्रदान गर्नेलगायतका बिषयमा छलफल गरिएको थियो ।
यौनिकताका बिषय सामाजिक मुल्य मान्यतासँग जोडिने भएकाले पनि अझै यौन र यौनिकताको बिषय लुकाउने गरिएको सहभागीले बताए । नेपालमा यौनिकता शिक्षाको बारेमा पाठ्यक्रम नभएकाले राज्यले यस्ता खालका विषयलाई पनि नीति तथा कार्यक्रममानै समेट्नु पर्नेमा सहभागीले जोड दिए ।
सहभागी सञ्चारकर्मीहरुले यौनिकताका बारेमा आफु कार्यरत सञ्चार माध्याममा यस्ता खालमा विषयलाई उठान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल युवा संस्था सञ्जालका वरिष्ठ कार्यक्रम अधिकृत सुस्मिता श्रेष्ठले यौनिकताका बारेमा नेपालमा पाठ्यक्रम तयार गर्नु पर्ने बताईन् ।


तपाईको प्रतिक्रिया