स्वास्थ्य व्यवसायीलाई दुर्गममा जान राज्यमन्त्री रावतको आग्रह (भिडियो सहित )

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले निजि क्षेत्रबाट सञ्चालन हुने स्वास्थ्य सेवालाई दुर्गम जिल्लाहरुमा पु¥याउन अनुरोध गरेका छन् । शनिबार ललितपुरमा आयोजित स्वास्थ्य वीमा सम्बन्धीको एक कार्यक्रममा राज्य मन्त्रि रावतले स्वास्थ्य सेवा सम्बन्धिका व्यवसायलाई दुर्गम जिल्लाहरुमा पनि पु¥याउन अनुरोध गरेका हुन् । ‘स्वास्थ्य सम्बन्धिको व्यवसायलाई सेवामूलक रुपमा समेत लिनुपर्छ’ राज्यमन्त्री रावतले भने,‘निजि तवरबाट सञ्चालन गरिने यस्ता सेवालाई सुगम ठाउँमा मात्र केन्द्रीत नगरी ७७ वटै जिल्लामा पु¥याउनुस भन्ने मेरो अनुरोध छ ।’ जनतालाई सेवा गर्ने हेतुले सञ्चालन हुने कार्यक्रमलाई कुनै पनि नीति नियम र कानुनले बाधा परेमा त्यसलाई समाधान गर्न सरकार तयार रहेको राज्य मन्त्रि रावतले बताए । सेवामूलक उद्देश्यले दुर्गममा जान चाँहाने व्यवसायीलाई सरकारले आवश्यक सहयोग गर्ने मन्त्रि रावतको भनाइ छ । सरकारले आफ्नो तवरबाट सुगम दुर्गम सबै क्षेत्र ठाउँमा सेवा पु¥याउनेगरी अघि बढेको बताउँदै उनले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
त्यसै क्रममा राज्यमन्त्री रावतले संविधानले स्वास्थ्यको अधिकारलाई मौलिक हकका रुपमा राखेको स्मरण गराउँदै त्यसको कार्यान्वयनका लािग सरकार प्रयत्नशील रहेको बताए । अब भूगोलका हिसाबले जुनसकै ठाउँमा वसेतापनि सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । सर्वप्रथम व्यक्ति स्वस्थ भएमा मात्र अन्य काम गर्न सक्ने भन्दै सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नका सबै नागरिकको स्वस्थ जीवन आवश्यक हुने बताए । स्टार हस्पिटल ललितपुरले ल्याएको स्वास्थ्य वीमासम्बन्धी कार्यक्रमको उद्घाटन गर्न राज्यमन्त्रि रावत ललितपुर पुगेका थिए ।

भिडियाेमा हेर्नुहाेस


तपाईको प्रतिक्रिया