
सुर्खेत ।
बराहताल गाउँपालिकास्थित सरोकारवालाहरुले जातिय भेदभाव तथा छुवाछुत विरुद्ध एक्यवद्धता जनाएका छन् ।
मानव अधिकार दिवसको सन्दर्भमा साझा आवाज कार्यक्रमले आयोजना गरेको एक्यवद्धता ¥यालीमा सहभागीहरुले सो ऐक्यवद्धता जनाएका हुन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले सञ्चालन गरेको साझा आवाज परियोजनाले बिहीबार बराहताल गाउँपालिका वडा नं. ६ संगको समन्वयमा बुटीमा ¥यालीको आयोजना गरेको थियो ।
¥यालीपछि कोणसभामा बोल्दै वडा अध्यक्ष खगेन्द्रदेव गिरीले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताए ।
‘जातिय भेदभाव, छुवाछुत, छाउपडी जस्ता कूसंस्कार सामाजिक अपराध हुन’,उनले भने,‘यस्ता गलत संस्कारहरु हटाउनका लािग वडा कार्यालयले कुनै कसुर बाँकी राख्दैनौँ ।’ उनले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि साझा आवाज परियोजनासंग मिलेर जनचेतनामूलकदेखि आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
जातिय भेदभाव तथा छुवाछुत अन्त्य नभएसम्म विकास र समृद्धि नहुने भन्दै यदि आफूमाथि भेदभाव तथा छुवाछुत भएको महशुस गरेमा कानुनी उपचार खोज्न सुझाव दिए ।
साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर विश्वकर्माले जातिय भेदभाव तथा छुवाछुत गर्नु मानव अधिकार हनन भएकाले यस्तो गरिएमा सहेर नवस्न सुझाव दिए । नेपाल जातिय भेदभाव तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको र जातिय भेदभाव तथा छुवाछुत कसुर सजायँ ऐन बनीसकेकाले यसको कार्यान्वयन गर्न स्थानीय जागरुकता देखाउनुपर्ने बताए ।
बराहताल गाउँपालिका स्तरीय मानव अधिकार पैरवी सञ्जालका संयोजक कर्ण वि.क.ले जातिय भेदभाव तथा छुवाछुत न्यूनीकरण हुँदै गएको भएपनि अझैसम्म उन्मूलन हुन नसकेको बताए । यसलाई उन्मूलन गर्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रमहरु ल्याउन उनले माग गरे ।
¥यालीमा सहभागी ८१ बर्षीय मीनबहादुर हमालले मानिस मानिस सबै एकै भएकाले भेदभाव र छुवाछुत गर्न नहुने बताए । उनले समाजमा दलित, बालबालिका ज्येष्ठ नागरिक र महिलाहरुलाई कुनै न कुनै हिसाब भेदभाव गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा वडा सदस्यहरु, मानव अधिकार पैरवी सञ्जालका सदस्यहरु, आमा समूह, तथा विभिन्न अगुवाहरुको सहभागिता रहेको थियो । जिल्लाकै विकटमा रहेको बुटीवस्तीमा पहिलो पटक मानव अधिकार दिवसको मनाइएको स्थानीय ८० बर्षीय तुला नेपालीले बताए ।
उनले यस्ता कार्यक्रमहरु जिल्ला सदरमुकाममा मात्रै हुने गरेको आफूहरुले रेडियामो सुन्ने गरेकोमा गाउँमै आयोजना गरिएको ¥यालीमा सहभागी हुनपाउँदा खुशी लागेको बताए । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिएको छ । यसैको सन्दर्भ पारेर ¥यालीको आयोजना गरिएको हो ।
¥यालीमा जातिय भेदभाव, छुवाछुत, लैंगीक हिंसा सम्बन्धी चेतनामूलक प्लेकार्डहरु प्रदर्शन गर्नुका साथै त्यससम्बन्धी कानुनी जानकारीमूलक हातेपुस्तिका समे वितरण गरिएको थियो ।


दर्शन खबर । २० मंसिर २०७६, शुक्रबार