१०५ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु सम्मानित


सुर्खेत ।
१६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसर पारेका लेकवेशी नगरपालिकाको विकट गाउँमा स्वास्थ्य सल्लाह र सेवा प्रदान गर्दै आइरहेका १०५ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको छ ।
दिवसको अवसर पारेर बिहीबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । सम्मान हुने मध्ये उत्कृष्ट १५ जना स्वयंसेविकाहरुलाई पुरस्कार तथा दोसल्ला र अन्यलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
यस्तै आयोजित कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुबाटनै १००० दिने आमाहरुकालागि स्तनपान कक्षा समेत सञ्चालनमा ल्याइएको छ ।
कार्यक्रममा लेकवेशी नगरपालिकाकी उप–प्रमुख शान्तिकुमारी छन्तेलले महिला स्वास्थ्य स्वयम सेविकाको सहयोगले नै गाउँगाउँमा स्वास्थ्य सेवा पुगेको बताइन । ‘गरिव, निमुखा र पिछडिएको ठाउँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन स्वयम सेविकाको अहम भुमिका छ’ उनले भनिन् ।
उप–प्रमुख छन्तेलका अनुसार जनप्रतिनिधि पुग्न नसकेको स्थानमा स्वयंसेविकाहरु पुग्ने सक्ने भएकाले आगामी दिनमा स्वयंसेविकाहरुको स्वास्थ्य बिमा गर्ने समेत नगरपालिकाले योजना बनाएको छ ।

कार्यक्रममा लेकवेशी नगरपालिकाका नगर प्रमुख, प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, स्टोर शाखा प्रमुख लगायतको सहभागता रहेको थयो ।


तपाईको प्रतिक्रिया