जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनामा, १३ यात्रु सकुशल

डोल्पा। डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। बिहीबार बिहान ८ः२५ बजे नेपालगञ्जबाट डोल्पाका लागि आएको जहाज अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएपछि दुर्घटनामा परेको हो।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईका अनुसार जहाजमा सामान्य क्षति पुगे पनि चालक दलका सदस्यसहित सबै यात्रु सकुशल छन्।

जहाजमा १३ जना यात्रु रहेका थिए। तीमध्ये ११ जना पुरुष र ७ जना विदेशी नागरिक रहेको चौलागाईले जानकारी दिए।

दुर्घटनापछि प्राविधिक टोलीले जहाजको अवस्था जाँच गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


तपाईको प्रतिक्रिया