काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ मा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ६५ रुपैयाँले घटेर ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।



दर्शन खबर । ८ आश्विन २०८३, बिहीबार