सुर्खेत । सुर्खेतमा अधीकांस सरकारी कार्यलयको सवारीसाधन दुरूपयोग गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बुधबार वीरेन्द्रनगर बजार क्षेत्रमा गरेको चेकजाँचको क्रममा यस्तो पाईएको हो ।
सरकारी कर्मचारीले आफ्नो निजी प्रयोगका लागि समेत सरकारी सवारी साधन प्रयोग गर्ने गरेको घटना नौलो होइन । अझ विदाको दिनसमेत सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरुपयोग गर्ने गरेको पाइएको हो ।
बुधबार मात्र एकैदिन दर्जनौ सरकारी गाडी कर्मचारीका र कार्यलय हाकीमका बाचबच्चा बिद्यालय पुर्याउने देखी लीएर घरायसी तथा ब्यक्तिगत प्रयोजनको लागी प्रयोग भईरहेको पाईएको हो ।
सरकारी सवारीसाधन दुरुपयोग हुने गरेको जनगुनासो अत्याधीक आएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत र दर्शन खबरको संयुक्त टोलीले वीरेन्द्रनगर बजार क्षेत्रमा चेकजाँच गरेको थीयो ।
यसरी सरकारी सवारीसाधनको दुरुपयोग गर्न नपाईने बताउँदै नियमको पालना नगर्ने सरकारी कर्मचारीर्ला कारबाहि गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकील सुनारले जानकारी दिए । (र्हेनुस् भिडियो)
सुर्खेतमा सरकारी सवारीसाधनको दुरुपयोग, छोराछोरी स्कुल पुर्याउने साधन प्रहरि नियन्त्रणमा – भिडियाे सहित
तपाईको प्रतिक्रिया
दर्शन खबर । ६ मंसिर २०८१, बिहीबार