घरदैलोमै सामाजिक सुरक्षा भत्ता


वराहताल गाँउपालिका सुर्खेतले आफ्ना नागरिकलाइ घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
भौगोलिक विकटताका कारण राज्यले दिने भत्ता भन्दा धेरै खर्च गरेर सदरमुकाम जानु पर्ने स्थानियको वाध्यता र गुनासो संगै वराहताल गाँउपालिका सुर्खेतले नागरिकको घरदैलोमै समाजिक सुरक्षा भत्ता पुर्याएको हो ।
सोमवार देखि वडा नं. ४ का नागरिकको घरदैलोमा सामाजिक सुरक्षा भत्ता पुर्याएको वराहताल गाँउपालिकाले क्रमश पालिकाका १० वटै वडाका नागरिकको घर दैलोमा पुर्याउने जनाइएको छ ।
४ नं. वडाका नागरिकलाइ सामाजिक सुरक्षा भत्ता वितरण संगै पालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले विभिन्न कानूनी जटिलता झेल्दै लामो समयको प्रयास पछि आफ्नो एजेन्डा अनुसार वडा स्तर बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको बताए ।
स्वास्थ्य समस्या भएका जेष्ठ नागरिक लगाएत अपांगता भएका व्यक्ती लाइ घरदैलो वाटनै सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर डि.सी. पालिका अध्यक्ष भिम बहादुर भण्डारीको पहल  नबिल बैँक बराहताल शाखा सामाजिक सुरक्षा तथा पञ्जिका शाखा प्रहरी चौकी बड्डिचौर र तरंगा लगाएतको सहभागितामा भएको हो  ।

तपाईको प्रतिक्रिया