श्री श्रृष्टी आमा बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा सम्पन्न


सुर्खेत । श्री श्रृष्टी आमा बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षीक साधारण सभा सम्पन्न गरेको छ। मंसीर ८ गते शनीबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष पबित्रा आचार्यको अध्यक्षता र गुराँस गाँउपालीका दैलेखका अध्यक्ष टोप बहादुर बी‍‍.सी.को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । स्थानीय आमाहरु मीलेर २०६२ सालमा स्थापना गरेको सहकारी अहीले गुराँस गाँउपालीकामा नमुना बन्दै गएको छ । गुराँस ४ गुराँसे संस्थाको कार्यालय परीसरमा आयोजित  समापन कार्यक्रममा प्रमुख अतथि बि.सी. ले महिलाले संचालन गरेका अधीकांस कार्यहरु पक्को हुने र सफलता प्राप्त गर्ने गरेको उदाहरण दिदै यस सहकारीले पनी सफलता प्राप्त गर्ने बिस्वास ब्यक्त गर्नुभयो । यस्तै महिलाहरुले उद्यम गर्न चाहेमा सामुहिक वा व्यक्तीगत रुपमा समेत आफुसंग भएको सीप र दक्षताको आधारमा व्यबसायिक उद्योग संचालन गरेमा पालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो।
त्यस्तै महिलाहरुलाई हरेक क्षेत्रमा अव्वल बनाउन महिलाहरु आफै आत्म निर्भर हुनुपर्ने र कसैको भरमा नपरी आत्मनिर्भताका लागी कुनै न कुनै पेशालाई संस्थागत गर्नुपर्ने संस्थाका सल्लाहकार तथा समाजसेवि पदम मल्ल ले बताउनुभयो । उहाँले पेशा व्यबसायमा संलग्न कुनैपनि व्यक्ती भोकै मर्नु नपर्ने बताउनु भयो।
संस्थाले १२ जना आमाहरु मीलेर समुह मार्फत सुरु गरेको संस्था १९ औं बर्षमा आईपुग्दा हाल ३०७ जना सेयर सदस्य भई नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको संस्थाका सचिव शान्ती शर्मा सापकोटाले जानकारी दनिुभयो ।
संस्थाले सदस्य तथा कर्मचारीहरुलाई प्रोत्साहनका लाग विभिन्नि वषियगत पुरस्कारहरु स्थापना गरी हरेक वर्ष सम्मानति गर्दै आएको छ । संस्थाले उत्कृष्ट कर्मचारी, जेष्ट शेयर सदस्य, उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, तथा इमान्दार ऋणी लगाएतलाई सम्मान गरिएकाे थियाे ।सभामा संस्थाका कोषध्यक्ष शुसीला कँडेलले सञ्चालक समितिकाे तर्फबाट आव २०८०र०८१ को वार्षिक  प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थीयो ।
त्यसै संस्थाले साधारण सभाबाट नयाँ कार्य समीति समेत गठन गरेको छ । संस्थाको अध्यक्षमा शान्ती शर्मा सापकोटा चयन हुनुभएको छ । शनीवार सम्पन्न संस्थाको १९ औं वार्षकि साधारणसभाबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सापकोटा यस अघी संस्थाको सचिव रहनुभएको थीयो । यस्तै कार्यसमिति उपाध्यक्षमा उषा शाहि चयन हुनु भएको छन् भने सचीवमा टिका आले र कोषध्यक्षमा तुल्सी थाापा जिसी चयन भएका छन् । यस्तै कार्यसिमति सदस्यहरुमा खगीसरा ढकाल, कृष्णा सीहं, हिरा घर्ती मगर, हिरा  शर्मा, रत्नकला बि.क., दिपा शर्मा, कमला राेकाय र अमृता ढकाल चयन भएका छन् ।
साधारणसभाले पबित्रा आचार्य को संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन समेत गरेको छ ।
आचार्य संयोकत्वको लेखा समितिमा बिमला खड्का, टिका शर्मा कडेल सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया