
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिकस्थल गंगामाला देउती बज्यै मन्दिरकी पुजारी मृत अवस्थामा फेला परेकी छिन्।
बुधवार बिहान ५ बजे मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजीको शव मन्दिरको मुल ढोकामा झुन्डिएको अवस्थामा भेटिएको हो।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान प्रारम्भ गरेको छ।प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ भने, यस घटनापछि मन्दिरमा पूजा रोकिएको छ।


दर्शन खबर । २८ कार्तिक २०८१, बुधबार