प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली देशभरमै उत्कृष्ट


वीरेन्द्रनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेत देशभरमै सर्वोत्कृष्ट बनेको छ ।
२०८१ मा प्रदेशस्तरीय ट्राफिक कार्यालयहरूमध्ये कर्णालीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रथम भएको हो ।
कार्यालय प्रथम हुँदा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहरा पनि सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख हुन सफल भएका छन् । बोहरालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्रसहित सम्मान गरे ।


६९ औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित समारोहमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशको कार्यसम्पादनलाई आधार मानेर प्रशांपत्रसहित सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया