कांग्रेस नगर सचिव सापकोटा रास्वपा प्रवेश, जिल्ला सभापतिमा चयन


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको प्रथम भेलाबाट जिल्ला सभापतिमा रमेश कुमार सापकोटा चयन भएका छन् । वीरेन्द्रनगरमा बिहिबार सम्पन्न रास्वपा सुर्खेतको जिल्ला भेलाबाट पार्टी सभापतिमा सापकोटा सर्वसम्मत चयन भएका हु्न् । यसअघि नेपाली कांग्रेस नगर सचिव समेत रहेका सापकोटाले रास्वपा प्रवेश गरेको थिए ।

सामाजिक युवा नेताको रुपमा चिनिने सापकोटा एक अब्बल व्यवसायी समेत हुन् । हाल उनी सुर्खेत काक्रेविहार यातायात प्रा.लि. को अध्यक्षको रुपमा पनि छन् । सापकोटा सुर्खेतको राजनितिमा आशालाग्दो युवा नेतामा पर्दछन् ।

रास्वपा सुर्खेतको सभापति बनेपछि सापकोटाले भने, ‘अब वीरेन्द्रनगरमा मात्रै होइन, सुर्खेत जिल्ला र कर्णाली प्रदेशभर रास्वपाको घण्टि बज्यो । यो यात्रा निरन्तर अघि बढ्नेछ । देश परिवर्तनका लागि रास्वपा यात्रामा हातेमालो गरेर अघि बढौं ।’

यस्तै उपसभापतिमा जगत बस्नेत, सचिवमा विनम शाही, सह सचिवमा भुपेन्द्र बहादुर थापा, कोषाध्यक्षमा डिल्लीसरा सलामी चयन भएका छन् । यस्तै सदस्यहरूमा हिरासिंह थापा, केशरी वलि,बालकृष्ण शर्मा,मोहनसिंह खत्री,किशोर थापा चयन भएका छन् । यस्तै डिल्लीसरा घिमिरे,राहुल विक, शान्ति घिमेरे चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक, केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद सन्तोष परियारको प्रमुख आतिथ्यता सुर्खेत भेला सम्पन्न भएको हो । सचेतक परिवारले आजै करिव ७० जनालाई रास्वपाको नयाँ सदस्यता वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया