व्यवसायिक कलाकारीता र सँस्कृति जगेर्ना गर्न क्षमता अभिबृद्धी कार्यक्रम

वीरेन्द्रनगर । युवालयले युवासँग हाम्रो सहयात्रा परियोजनामा जोडिएका तिन जिल्लाका युवाहरुलाई सँस्कृति जगेर्नागर्दै व्यवसायिक रुपमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा जानकारी दिएको छ ।
संगितको क्षेत्रमा कोरियामा बसेर काम गर्दै आएको वाइजी इन्टरटेन्मेन्ट र अक्सफाम नेपालको सहकार्यमा युवालयले कणर्ालीको दैलेख, सुर्खेत र सुदुरपश्चिमको कैलालीका युवा जो परियोजनामा जोडिएर एडभान्स कम्प्युटर, संगित र नृत्य कक्षामा सहभागी भइरहेकाहरुलाई कार्यक्रमको आयोजना गरेको हो ।
युवाहरुलाई नेतृत्वदायी भूमिकामा पुराउन र पुर्खौ देखी चलिआएको कला सँस्कृतिलाई जोगाउन युवाको भुमिका महत्वपुणर् हुने र समयसँगै परिमार्जित गरेर व्यवसायिक रुपमा कसरी जोड्न सकिन्छ भनेर युवालयले एकदिने कार्यशाला मार्फत जानकारी गराएको हो ।
वीरेन्द्रनगर नगरपालिकका योजना शाखा प्रमुख प्रकाश पौडेलले स्थानीयतहमा हुने हरेक क्रियाकलापमा युवाहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । उहाँले युवा भनेकै समाजमा रुपान्तरण गर्ने बलियो खम्बा भएकाले नकरात्मक काममा खबरदारी गर्ने र सकारात्मक कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । ‘स्थानीयतहले गराउने योजना कस्ता बन्दै छन्? बजेट कति विनियोजन भयो? कुन कुन शिर्षकमा ? सबै युवाले जान्न र बुझ्न खोज्नुपर्छ’, उहाँले भन्नुभयो,‘यतिमात्रै होइन खर्च कहाँ कति भयो र युवाको शिर्षकमा लगानीको अवस्था के छ ? भन्ने विषयमा युवालेनै खोज्नुपर्छ ।’
श्रीनाथ् फिल्मस्का कार्यकारी निर्देशक निर्मल प्याकुरेलले भिडियो इडिट कसरी गर्ने र भिडियो अडियोको क्वालीटिका बारेमा युवालयमा जानकारी दिनुभयो । चलचित्र, नाटक तथा डकुमेन्ट्रीहरु बनाउन कस्ता विषयमा ध्यान दिनुपर्छ भन्ने सन्दर्भमा जानकारी दिनुभयो । यस्तै दर्शन खबरका सम्पादक तथा कलाकार चिन्तामणी कँडेलले कलाकारिता तथा पत्रकारीताका चुनौती तथा सम्भावना जसले समाजमा पनि असर पुराउछ भन्ने विषयमा जानकारी दिनुभयो । उहाँले चुनौती र समस्यासँगै समाधानका उपाय पनि कसरी खोज्ने भनेर युवाहरुलाई जानकारी दिनुभयो ।

युवालयद्धारा सञ्चालित युवासँग हाम्रो सहयात्रा परियोजनाकी कार्यक्रम संयोजक पुजा कार्किले परियोजनाको विषयमा जानकारी दिदै सुरक्षित रुपमा काम कसरी गर्ने सन्दर्भमा युवाहरुलाई जानकारी दिनुभयो । उहाँले कार्यक्षेत्रमा हुने शारीरिक तथा मानसीक दुव्र्यवहारबाट कसरी जोगिएर अगाडी बढ्ने सन्दर्भमा जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया