डिभी निकेतन सुर्खेतकाे स्कुल बस दुर्घटना, ११ जना विद्यार्थी घाइते

वीरेन्द्रनगरको इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन्।

वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

घाइते मध्ये पाँच बालिका र छ बालक रहेका छन्। ती मध्ये पाँच कक्षामा अध्ययनरत रेनिषा भुसेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। बाँकी विद्यार्थीहरुको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया