पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनले खोलामा आएको ठुलो ढुङ्गा सहितको पहिरोले हिजो गए रातिदेखि अवरुद्ध सडक खुलाइएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी वीरबहादुर जीटिले जानकारी दिए ।

कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडकखण्ड अन्तर्गतको गगने खोला र काले खोला आएको पहिरो पन्छाइए पछि राजमार्ग खुलेको हाे ।  साना गाडी सबै सहजै रुपमा पास भएपनि गगने खोलामा ठुला दश चक्के मालवाहक सवारीलाई भने पास हुन समस्या देखिएको छ ।

ठुला सवारी पास हुन नसकेको खण्डमा ब्रेकर लगाएर ढुङ्गा फुटाउने तयारी गरेको सडक डिभिजन जुम्लाले जनाएको छ । वर्षातको समयमा पटकपटक पहिरो आउने र सडक अवरुद्ध हुने भएकोले सडक डिभिजनको सूचना र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया