लेकबेसी ट्रक र अटो रिक्सा  टोकिँदा अटो चालकको घटनास्थलमै मृत्यु

सुर्खेत । सुर्खेतमा ट्रक र अटोरिक्सा एक आपसमा टोकिँदा अटो रिक्सा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मदन राजमार्ग अन्तर्गत लेकबेसी नगरपालिका–३, काप्रेखोलामा आज दशरथपुरदेखि लेखफर्सा जादै गरेको मधेश प्रदेश ०३÷००१ क–२४९१ नम्वरको ट्रक र लेकफर्सादेखि दशरथपुर जाँदै गरेको अटो रिक्सा एक आपसमा टोकिँदा लेकबेसी नगरपालिका–१, लेकफर्साका ४८ वर्षिय अटो चालक डिलबहादुर डडालीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेकबेसीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको ईप्रका लेकवेसीका इन्चार्ज (प्रहरी नयाव निरीक्षक) वीरबहादुर बोहराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया