कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली सरकारमा सहभागी कांग्रेसका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार शपथ खुवाएका हुन् ।

शपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने छन् ।

तपाईको प्रतिक्रिया