रुकुम पश्चिममा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

रुकुम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका-७ झुलखेतमा खोलाले बगाउँदा एक जनाकोमृत्यु भएको छ । मुसिकोट नगरपालिका-७ का ५० वर्षीय तेजबहादुर बुढाको हिजो शनिबार सोहि ठाँउको चुनखोलाले बगाउदा मृत्यु भएको हो ।
वडा नं ६ र ७ को सिमाना झुलखेतबाट बगेका बुढाको शव वडा नं ३ र १३ को बीचमा पर्ने काउलेचौरस्थित मुग्लुखोलामा फेला पारी निकालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।
बुढाको पारिवारिक झगडा भएको कारण बुढाले खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ ।

तपाईको प्रतिक्रिया