मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत लिने


सुर्खेत । मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट दोस्रो पटक विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री कँडेलले गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत लिएका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कणर्ालीमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता र नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरीएको हो ।
संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कँडेलले विश्वासको मत लिनेभएका हुन् ।
मुख्यमन्त्री कँडेलले शनीबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया