शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने

सुर्खेत । माननिय सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुनेभएको छ ।

शाह सहित कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा कर्णाली सरकारमा मन्त्री हुने भएका हुन् ।

कांग्रेस कर्णालीका अनुसार शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्वेवारी समाल्ने भएका छन् ।


तपाईको प्रतिक्रिया