स्थापनाको ८ वर्षपछि ईलाका प्रशासन कार्यालय ईल, मुड्केचुलाबाट नागरिकता वितरण


डोल्पा । डोल्पाको दक्षिण पश्चिम भूभागमा रहेको इलाका प्रशासन कार्यालय ईल, मुड्केचुलाबाट नागरिकता वितरण सुरु भएको छ । २०७३ सालमा स्थापना भएको इलाका प्रशासनबाट ८ वर्षपछि नागरिकता वितरण सुरु भएको हो ।
साउन १८ गते शुक्रबारबाट प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल पुगेर नागरिकता वितरणको शुभारम्भ गरेका हुन् । कार्यालय स्थापना भएपनि इन्टरनेट सहितका पूर्वाधारहरु नहुँदा सेवा प्रवाह हुन सकेको थिएन ।
निरन्तरको प्रयासबाट सेवा सुचारु गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
इलाका प्रशासनबाट सेवा सुरु भएपछि मुड्केचुला र जगदुल्ला गाउँपालिकाका नागरिकलाई सहजता हुने भएको छ ।

तपाईको प्रतिक्रिया