चार बुदे प्रतिद्धता सहित वीरेन्द्रनगर ६ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ ले चार बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०८०÷०८१ को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
६ नं. वडाका वडा अध्यक्ष जनक बहादुर रावल र वडा सचिब देब प्रशाद मुलेल मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ६४ जना भौतिक तथा ५० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु कमला नेपाली, मीरा पन्त, र वडा प्राविधीक तेज बहादुर शाहि सहायक बक्ता रहेको कार्यक्रमको समन्वय तथा सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।
कार्यक्रमा वडा सरसफाई कार्यक्रमलाई थप प्रभावकारी बनाउने, बस्तिस्तरको समस्यालाई पहिचान गरी समाधानमा पहल गर्ने, बिकास प्रकृयामा नागरिकले गरेको अबरोधलाई नागरीक समाज सहित जनप्रतिनीधिको संयुक्त प्रयासमा समाधान गर्ने र नागरीक सर्वेक्षणबाट आएका सुझाबलाई थप प्रभावकारी रुपमा कार्यन्वयन गर्ने । लागाएतका प्रतिद्धता जनाइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सूचना, रोजगार, सुरक्षा, सुशासन, वडाको भौत्तिक पूर्वाधार, सडक बत्ति तथा विकास निर्माण लगाएतका बिषयमा छलफल गरिएको थीयो ।

तपाईको प्रतिक्रिया