सुर्खेतमा जिप दुर्घटनाः चार जनाको घटनास्थलमै मृत्यु, दुई जना घाईते 

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने ४ बजे सुर्खेत दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर- १४ स्थित रातानाङ्लामा उक्त दुर्घटना भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी जिपमा सवार ६ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरूको परिचय खुलेको छैन । दुर्घटनामा परी चालक र एक यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए । उनका अनुसार जिप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको छ, भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया