महिला पत्रकार र महिला जनप्रतिनिधि बीच मैत्रिपुर्ण भलिवल प्रतियोगिता

सुर्खेत । कर्णाली खेलकुद विकास परिषद्को स्थापना दिवसकाे अवसरमा आयाेजित महिला पत्रकार र महिला जनप्रतिनिधिबीच मैत्रीपुर्ण भविवल प्रतियोगिता सम्पन्न भएको छ ।
कर्णाली खेलकुद विकास परिषद्को तेस्रो स्थापना दिवसको अवसरमा शनिवार जिल्ला खेलकुद विकास समितिको प्राङ्गगणमा भलिवल प्रतियोगिता सम्पन्न भएको हो । मैत्रिपुर्ण भलिवल खेलमा महिला जनप्रतिनिधिको टोलीले पत्रकार महिलाको टोलीलाई पराजित गरेको छ ।

खेलको पहिलो सेटमा महिला पत्रकारले जितेका थिए । ९ का विरुद्ध २५ अंक प्राप्त गरी महिला पत्रकारले पहिलो सेटमा जितेका हुन् । यसैगरी दोस्रो सेटमा महिला जनप्रतिधिहरुले विजय प्राप्त गरेका थिए । तेस्रो सेटमा पनि महिला जनप्रतिनिधिले १५ अंक ल्याइ विजय प्राप्त गरेका छन् ।

खेलमा महिला जनप्रतिनीधिको तर्फबाट कल्याणी खड्का, विजया बुढा, लक्ष्मी सुनार, गैमता विक, रजनी योगी, सिता आचार्य, आस्था खड्का, सुमिता थापा, राजकुमारी हमाल र  महिला पत्रकारको तर्फबाट अप्सरा विष्ट, यामुना शाही, कल्पना हमाल, लक्ष्मी हमाल, प्रभा रावत, रमा केसी, भावना राना, कल्पना ढेङ्गामगर, सिर्जना बुढाथोकी लगायत रहेका थिए ।

तपाईको प्रतिक्रिया