लागूऔषधसहित वीरेन्द्रनगरबाट चार जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न मितीमा गरि लागूऔषधसहित चार जनालाई पक्राउ गरेकोबारेमा बुधबार जानकारी दिएको हो।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनर नगरपालिका–८ बस्ने २१ वर्षीय गौरव रावत, वीरेन्द्रनगर–६ बस्ने जीवन मर्साङ्गी, हुम्लाको चंखेली गाउँपालिका–६ का २३ वर्षीय सूर्य शाही, र वीरेन्द्रनगर नगरपालिका–५ बस्ने २६ वर्षीय सुवास खत्री रहेका छन्।


तपाईको प्रतिक्रिया