सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णालीका २२७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
जसमा १७ जना जनप्रतिनिधि, १३० जना कर्मचारी, ७२ जना उपभोक्ता समितिका पदाधिकारी र आठजना अन्य व्यक्ति छन् । आयोगको कार्यालय सुर्खेतका अनुसार विभिन्न प्रकारका ४४ वटा मुद्दामा २२७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कार्यालयका सूचना अधिकारी रत्नचन्द्र गौतमका अनुसार २२७ जनाविरुद्ध कुल ४४ वटा मुद्दा परेका हुन् । जसमा सबैभन्दा धेरै गैरकानुनी लाभ तथा हानिमा २५ वटा मुद्दा परेका छन् । यस्तै, सार्वजनिक सम्पत्ति हानि नोक्सानीमा नौवटा, शैक्षिक प्रमाणपत्र नक्कलीमा एक मुद्दा, घुस रिसवतमा एक, परीक्षाको परिणाम फेरबदलमा एक, गलत प्रतिवेदन तयारमा एक र बाँकी अन्य गरी ४४ वटा मुद्दा विशेष अदातलमा दायर भएका छन् ।
विशेष अदालतमा दायर सबै मुद्दामाथि सुनुवाइ प्रक्रियासमेत अघि बढेको सूचना अधिकारी गौतमले बताउनुभयो । उहाँका अनुसार कुल ४४ वटा मुद्दामध्ये सबैभन्दा धेरै मुगु जिल्लाबाट १२ वटा मुद्दा परेका छन् । यस्तै, सुर्खेतबाट आएका सात, कालीकोट ६, सल्यान पाँच, हुम्ला चार, डोल्पा तीन, जुम्ला तीन, दैलेख दुई, रुकुमपश्चिम र जाजरकोटबाट आएका एकरएक मुद्दा गरी ४४ वटै मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरेको हो । https://globalsamachar.com.np/


दर्शन खबर । १२ आश्विन २०८०, शुक्रबार