पाकिस्तानमा आत्मघाती हमलामा परी ५२ जनाको मृत्यु

पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।

प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ ।जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले मस्तुङ जिल्लामा अल फलाह रोडस्थित मदिना मस्जिद नजिकै भएको विस्फोटमा कम्तीमा ५२ जना मारिएका छन् र दर्जनौँ घाइते भएका छन् ।

मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार सहरको मदिना मस्जिद नजिकै इद अल–मिलाद अल–नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो ।

घाइतेलाई दुई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मस्तुङ शाहका दुई प्रहरी अधिकारीले मृत्यु हुनेको सङ्ख्या बीबीसी समाचारलाई पुष्टि गरेका छन् ।

गृहमन्त्री सरफराज बुग्तीले विस्फोटलाई ‘घृणित कार्य’ भनेका छन् ।सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ ।

यस आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

तपाईको प्रतिक्रिया