सुधारगृहबाट भागेका बाल बन्दी दैलेखबाट पक्राउ

सुर्खेत । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी पक्राउ परेका छन् । गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बाल बन्दीका बिचमा आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जना बाल बन्दी दैलेखबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई पक्राउ गरेको हो । महाबु गाउँपालिकाकामा आफ्नो घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए ।

बिहीबार दैलेखमा पक्राउ परेका उनलाई नेपालगन्ज ल्याइसकिएको छ । बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताउनुभयो । २ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बाल बन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरूलाई विभिन्न प्रहरी कार्यालयका एकाइहरूमा राखिएको जनाइएको छ ।बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए ।


तपाईको प्रतिक्रिया