भारतमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । भारतको गढ़चिरौलीमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मी मारिएका छन् । महाराष्ट्र पुलिसलाई लक्षित गरेर माओवादीले आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नेपाली समय अनुसार बुधबार दिउँसो पौने १ बजे प्रहरीको गाडीलाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणमा परी १० जना घाइते भएका छन् ।
बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको र अहिले पनि भिडन्त भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्रीले घटनाको निन्दा गर्दै ज्यान गुमाउने सुरक्षाकर्मीको बलिदान नभुल्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया