कर्मचारीलाई जनमुखी सेवा प्रवाह गर्न मन्त्री सिंहको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राष्ट्रसेवक कर्मचारीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । राष्ट्रसेवक कर्मचारीले जनमुखी सेवा प्रवाह गर्नतर्फ ध्यान दिन उनले निर्देशन दिए ।

 

२० औं निजामती सेवा दिवसका अवसरमा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च हुनेगरि प्रोत्साहनका कार्यहरू गरिरहेको बताएका छन् ।
उनले भने, ’कर्मचारीहरूलाई राजनीतिक आग्रह र पूर्वाग्रहले व्यवहार गर्नु हुँदैन । कर्मचारीहरूले पनि सेवा प्रवाहमा राजनीतिक आग्रह-पूर्वाग्रह राख्नु हुँदैन । कुनै दलप्रति आस्था राख्न पाउने उहाँहरूको ट्रेड युनियन अधिकार हो। तर, कर्मचारीको मनोबल उच्च नभइ जनमुखी सेवा प्रवाह हुँदैन भन्ने हाम्रो बुझाइ छ ।
मन्त्री सिंहले सफल राज्य बनाउन र समृद्धि हासिल गर्नका लागि स्थायी सरकारका रूपमा रहेका कर्मचारीहरूको भूमिका निकै महत्त्वपूणर् हुने बताए । प्रदेश निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित भई सदनमा टेबुल भइसकेको र छिट्टै सदनबाट पारित भएर ऐनको रूप लिने मन्त्री सिंहको भनाइ छ ।

तपाईको प्रतिक्रिया