निजामती सेवा दिवसमा कर्मचारीहरु उत्रिए विरोधमा

सुर्खेत । आज २० औं निजामती सेवा दिवसको अवसरमा देशभरका सम्पूणर् निजामती कर्मचारीहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । तर, कर्णालीमा भने कतिपय पालिकामा कार्यरत कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।
सुर्खेतका नौं वटा स्थानीयतह र दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विरोध जनाएका छन् । नौ वटा स्थानीय तह रहेको प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर, गुर्भाकोट ,पञ्चपुरी नगरपालिका, भेरीगंगा, लेकवेशी  तथा बराहताल, चौकुने र चिङ्गाड, सिम्ता गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विरोध जनाएका हुन् ।

 

एकिकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै गाउँपालिकाका कर्मचारीहरुले विरोधस्वरुप हातमा कालो पट्टी बाधेर विरोध जनाएका हुन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्तीमार्फत संघीय निजामती सेवा ऐन नभई निजामती सेवा ऐन ल्याउनुपर्ने माग गरेका छन् ।
विज्ञप्तीमार्फत कर्मचारीहरुले सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार संघीयताको मुटु मानिने स्थानीय तह मात्र हुने र बढुवा मार्फत प्रदेश र संघीय निजामती सेवामा जाने प्रावधान राखिनुपर्ने माग गरेका छन् ।
यस्तै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा, बृति विकास र अधिकारमा विभेद नभई समान हुनुपर्ने, एकिकृत निजामती सेवा बनाई कर्मचारी संरचना एउटै बनाएर स्थानीय तहमा कार्यरत कर्मचारीबाट नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया